संक्रमण पुष्टि भएकै दिन मृत्यु

बाँके जिल्लाका ५९ जनाको हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । जिल्लामा केहि दिनयता कोरोना संक्रमण भुसको आगोझै फैलिएको छ ।


    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । गएराती नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा खजुरा २ बाँकेका ४२ वर्षिय पुरुषको कोभिड संक्रमणका कारण ज्यान गएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १ गते बुधबार (हिजो) कोरोना परीक्षण गर्दा उनिमा संक्रमण पुष्टि भएको थियो । कोभिड पुष्टि भएपछि हिजो नै अस्पतालमा भर्ना भई उपचार सुरु गरेको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको राती १०:०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँकेका कोरोना फोकलपर्सन तेज वलीका अनुसार योसँगै बाँके जिल्लाका ५९ जनाको हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । जिल्लामा केहि दिनयता कोरोना संक्रमण भुसको आगोझै फैलिएको छ ।

संक्रमित संख्या एकाएक बढेपछि भेरी अस्पतालको आइसोलेसन खचाखच भरिएको छ । अस्पताल कोभिड बिरामीको उपचार गर्ने सेन्टर नभएपनि भेरी फुल भएका कारण गम्भीर बिरामीको उपचार सुरु गरिएको सामाजिक सन्जाल मार्फत नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा असिम किदवाइले जानकारी दिनुभएको छ ।

जिल्लामा तत्काल ५०० बेडको आवश्यक रहेको फोकलपर्सन ओलीले जानकारी दिनुभयो । बुधबार (हिजो) एकैदिन ६२ महिला र ६१ पुरष गरि जम्मा १२३ जनामा कोराना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण दर अस्वभाविक रुपमा बढेपनि नागरिकले स्वास्थ्यका मापदण्ड पालना नगरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । चिकित्सकहरुले कडाईका साथ स्वास्थ्य सावधानी नअपनाए स्थिती भयावह हुने बताउछन् ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech