पीसीआर परीक्षणमा ५८० र एन्टिजेन परीक्षणमा २३ गरि ६०३ जनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७८, बुधबार

काठमाडौं: बुधबार देशभर ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार २८९ नमूनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जना र एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना गरि जम्मा ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय २९ जना कोरोना भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या ७९ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको जानकारी दिनुभएको छ ।

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech