उफ ! कोरोना

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२३ नमूना परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको हो । यो परीक्षण संख्याको ६१ प्रतिशत हो ।


    • स्वास्थ्य पेज

  • १ बैशाख २०७८, बुधबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको सूचनामा १२३ नमूना परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

यो परीक्षण संख्याको ६१ प्रतिशत हो । केहि दिनयता बाँकेमा कोरोना भाइरस संक्रमित संख्या अस्वभाविक रुपमा बढिरहेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरु ४ वर्ष देखि ८१ वर्ष उमेर समुहका रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको सूचना हेर्दा संक्रमण पुष्टि हुनेहरु प्राय युवा अवस्थाका रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ३९४ नमूना परीक्षण गरिएको छ । जसमध्य ५ हजार ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

करिब नियन्त्रणमा आइसकेको कोभिड संक्रमण पुन पहिले झै डरलाग्दो तरिकाले बढ्न थालेपछि चिकित्सकहरले स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छन् । भेरी अस्पतालको कोभिड आइसोलेसन वार्ड बिरामीेले खचाखच भरिएको छ ।

सामान्य अवस्थाका बिरामीलाई होम आइसोलेसनमा पठाउने र गम्भीर बिरामीलाई अस्पतालमा राखेर उपचार सुरु गर्ने तयारी गरिएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा समेत पुन कोरोनाका बिरामीको उपचार सुरु गर्ने भन्ने विषयमा समेत तयारी भैरेहको छ, हामी भोली बैठक बस्छौ वलीले स्वास्थ्य पेजलाई भन्नुभयो ।

बाँकेमा संक्रमितको उपचारका लागि तत्काल ५०० बेडको आवश्यक पर्ने फोकलपर्सन ओलीले बताउनुभयो । संक्रमण तिब्र रुपमा बढेपनि सम्बन्धीत निकायले यसको रोकथाम र नियन्त्रणमा खासै चासो भने दिएको देखिदैन ।

 

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech