अहिले लकडाउन हुँदैनः प्रधानमन्त्री

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७८, बुधबार

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन्। त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं।’

उहाँले आफूले लकडाउन गर्ने धम्की नदिएको बताउनुभयो। धम्की दिने हैसियत आफूले नराख्ने उहाँको भनाइ छ।

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech