भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७८, बुधबार

नेपालगन्जः भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै आज राति ८ बजेदखि कडा प्रतिबन्ध सुरु गर्न लागिएकको मुख्यमन्त्री उद्धव ठाकरेले बताउनुभएको छ ।

अहिलेको प्रतिबन्धलाई लकडाउन नभनिए पनि कडा प्रतिबन्ध हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ । कडा प्रतिबन्ध लागु भए पनि यसलाई आफूले लकडाउन नै हो भनेर भने नभन्ने मुख्यमन्त्री ठाकरेले बताउनुभएको छ । उहाँका अनुसार अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरु भने खुल्नेछन् ।

यस्तै पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्ज बोर्डसँग संबन्धित वित्तिय संस्थाहरु खुल्नेछन् । निर्माणका कामहरु चलेपनि होटल र रेष्टुरेन्टहरु भने बन्द रहने भएको छ । यस्तै सबै पूजा स्थल, विद्यालय कलेजहरु बिहान ७ बजेसम्म बन्द हुनेछन् ।

सिनेमा हल, मनोरञ्जन पार्कलगायत सबै सार्वजनिक ठाउँहरु पनि बन्द गरिएको छ । भारतमा पछिल्लो समय २४ घण्टामा मात्रै १ लाख ८५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । १ हजार २६ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार १ सय १५ पुगेको छ ।

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech