पछिल्लो २४ घण्टामा ५१७ संक्रमित थपिए, थप पाँच जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ चैत्र २०७७, मंगलवार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन्। यसअघि सोमबार ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए।

गत २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ। गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech