शिशुको मृत्यु भएपछि विराटनगरको नोवेल अस्पतालमा आफन्तको विरोध

    • स्वास्थ्य पेज

  • ३१ चैत्र २०७७, मंगलवार

विराटनगरः नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् ।

इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ ।

भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताउनुभयो ।

चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

शिशुकी आमालाई डिस्चार्ज गरी घर लगिएको छ र आफन्तले चिकित्सकले लापरबाही गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

नोबेल मेडिकल कलेजले भने चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले अनुसार प्रसूति गराउदा भ्याकुमको प्रयोग भएपनि चिकित्सकले लापरवाही नगरेको बताउनुभयो ।

भर्खर जन्मिएको बच्चाको टाउको नरम हुने भएकाले सामान्य असर गरेको उनको दाबी छ । आफन्तले शव जिम्मा नलिएपछि अस्पतालमै शव राखिएको उहाँले बताउनुभयो ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech