पत्रकार रवि लामिछानेले बनाएको रास्कोट अस्पताल आजदेखि सञ्चालनमा

    • स्वास्थ्य पेज

  • ३१ चैत्र २०७७, मंगलवार

कालिकोटः पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।

अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमको आयोजना गरि सेवा सुरु भएको हो ।

मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ।

अस्पताल १५ शय्या क्षमताको हो। आकस्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्।

अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिनुभएको छ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech