नारायणी अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ चैत्र २०७७, मंगलवार

वीरगञ्जः वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका ३ का ६२ वर्षका पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ छाता पिपरा टोल निवासी ३७ वर्षका युवकको मृत्यु भएको अस्पतालका कोरोना कोडिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

६२ बर्षका पुरुषको बिहान ८ बजेर २० मिनेट र ३७ बर्षका पुरुषको विहान साढे ३ बजे मृत्यु भएको दासले बताउनुभयो । उनीहरु भारतको हैदराबाद बाट चैत १४ गते नेपाल फर्केका थिए।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech