बाँकेमा कोरोना नियन्त्रण बाहिर जाँदै, एकैदिन ५९ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३१ चैत्र २०७७, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १३ नमुना परीक्षण गरिएकोमा आधाभन्दा बढीमा भाइरस संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो केही दिन देखि डर लाग्दोगरी भाइरस संक्रमण फैलिन थालेको छ । संक्रमण पुष्टि भएकाहरुम बालबालिकादेखि जेष्ठ नागरिकसम्म छन् ।

द्रूत गतिमा भाइरस संक्रमण फैलिरहेको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सबैमा अपिल गरेका छन् ।

 

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech