संक्रमण दर अस्वभाविक रुपमा बढ्यो, अब पार्सियल लकडाउन र स्कुल बन्द गर्नुपर्छ-डा राजन पाण्डे(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • ३१ चैत्र २०७७, मंगलवार

नेपालगन्ज:कोभिड संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो केही दिन यता कोरोना संक्रमित बिरामीहरूको संख्या अस्वाभाविक रूपमा वृद्धि भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले प्रष्ट पार्छ । नेपालगन्जस्थित भेरी अस्पतालको आइसोलेसन वार्ड कोरोना संक्रमितले खचाखच भरिएको छ । ६ जनामात्रै संक्रमित रहेको आइसोलेसनमा, एक हप्ताकै बीचमा ५४ जना संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या अस्वभाविक ढंगबाट बढेपछि चिकित्सकहरुले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगरे स्थिति भयावह हुने चेतावनी दिएका छन् ।यही गतिमा विरामीको संख्या बढे भेरीको आइसोलेसनले थेक्न नसक्ने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताउनुभयो । ‘पहिलो चरणमा सामान्य लक्षण चिन्ह देखिएका विरामी आउने गरेका थिए डा पाण्डेले स्वास्थ्य पेजलाई भन्नुभयो–‘अहिले गम्भीर खाले विरामी आउनुभएको छ, यो राम्रो संकेत होइन ।’

पछिल्लो एकसाताको तथ्यांक केलाउँदै पाण्डेले भीडभाड नियन्त्रण गर्न नसके र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना नियन्त्रण बाहिर जाने चेतावनी दिनुभयो ।

हेर्नुहोस् डा राजन पाण्डेसँग गरिएको कुराकानी
डा.पाण्डे भेरी अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत हुुनुहुन्छ

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech