चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम -चीनका प्रमुख रोग नियन्त्रण अधिकारी

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७७, सोमबार

तस्बिर:बिबिसी

काठमाडौं आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरस विरुद्धको खोप तुलनात्मक रूपमा कम प्रभावकारी रहेको चीनले स्वीकार गरेको छ । बीबीसीका अनुसार अहिले उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का प्रमुख ग्वाओ फुले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

कम प्रभावकारी देखिएको कोरोना खोप सुधारका लागी विभिन्न खोपको मात्रा मिलाउनु एक तरिका हो । विभिन्न प्रविधिबाट बनाइएको खोपको उपयोगमा विचार गरिरहेका छौँ, सीडीसी प्रमुख ग्वाओले भन्नुभएको छ । चिनमै बनेका कोरोना भाइरसविरुद्धका चार खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिएको छ ।

तर ती खोपको चीनबाहिर गरिएको केही परीक्षणमा प्रभावकारिता ५० प्रतिशतभन्दा कम देखिएको छ ।चीनको सिनोभ्याकको प्रभावकारिता ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत देखिएको थियो।

टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएका छन्। उता फाइजर, मोर्डेर्ना र आस्ट्राजेनेका सबै खोपको प्रभावकारिता ९० प्रतिशत वा अझ बढी छ।

चिनियाँ अधिकारीले आफ्नो खोपको प्रभावकारिता कम रहेको स्वीकार गरेको यो निकै दुर्लभ घटना हो । नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।

अन्तर्राष्ट्रिय रूपमा कम तथ्याङ्क भएका कारण चिनियाँ खोपको प्रभावकारिताको विषय लामो समयदेखि अस्पष्ट रहेको बिबिसीले जनाएको छ।

 

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech