कोरोनाको जोखिमः भोलिदेखि शैक्षिक संस्था बन्द होलान त ?

    • स्वास्थ्य पेज

  • २९ चैत्र २०७७, आईतवार

काठमाडौंः शिक्षण संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन शिक्षा मन्त्रालयमा सोमबार सम्बद्ध सरोकारवालाबीच छलफल हुने भएको छ ।

कोरोना संक्रमण बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल (एन प्याब्सन) लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाएको जनाएको छ ।

कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताउनुभयो । शैक्षिक संस्था बन्द गर्ने बिषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा शनिबार छलफल भएको छ।

तर, शैक्षिक संस्थालगायत भिडभाड युक्त क्षेत्र बन्द गर्ने बिषयमा कुनै निर्णय नभएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो । सोही बैठकमा पहिलो चरणमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने, सिमा क्षेत्रमा हेल्थ डेक्स राख्नुपर्ने मन्त्रीहरुले सुझाव दिएको बरालले बताउनुभयो ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech