डा.खगेन्द्र कटुवाल अल नेपाल होमियोप्याथिक एसोसिएसनको अध्यक्षमा चयन

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

पोखरा: डा.खगेन्द्र कटुवाल अल नेपाल होमियोप्याथिक एसोसिएसनको अध्यक्षमा चयन हुनुभएको छ । पोखरामा सम्पन्न एसोसिएसनको महाधिवेसनबाट कटुवाल अध्यक्ष चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा डा मिनराज भुषाल र डा विरोधकुमार महतो, महासचिवमा डा रामहरि श्रेष्ठ, सचिवमा डा सुशीलकुमार कर्ण, डा शिशिर गिरी र डा अनुप पन्थी चयन हुनुभएको छ।

एसोसिएसनको २ वर्षिय कार्यकालका लागि कोषाध्यक्ष डा शंकरराज पौडेल, सहसचिवमा डा मनोरमा जयसवाल र अब्दुल रहमान मियाँ निर्वाचित हुनुभएको छ।

यस्तै सदस्यहरुमा टोपबहादुर थापा, डा हिराकाजी श्रेष्ठ, हिराप्रसाद गुप्ता, डा लालबाबु महतो, डा अमरेशकुमार पोदार, डा सुरेन्द्र श्रेष्ठ, भोजकुमारी कुँवर, डा खकिन्द्रबहादुर भण्डारी, हिरामणि शर्मा, मो अनवर हुसेन चयन हुनुभएको छ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech