भेरीमा दैलेखकी ७३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका-७ दैलेखकी ७३ वर्षीया महिलाको उपचारका क्रममा शनिवार साँझ ५ः २५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

उनी केही दिन अघिमात्रै नेपालगन्जमा बस्दै आएकी थिइन् । नेपालगन्जमा उनको छोरीको घर छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको यही कोरोना परिक्षण गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको थियो ।

अन्तिम संस्कारका लागि उनलाई दैलेख पठाइएको छ ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech