कोभिड–१९ संक्रमण बढेको भन्दै सतर्कता अपनाउन सीसीएमसी बैठकको अपिल

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

काठमाडौं: कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले जनस्वास्थ्य सम्बन्धी प्रोटोकल पूर्ण रूपमा पालना गराउने निर्णय गरेको छ ।

पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।

बैठकले स्कुल, कलेजलगायत भिडभाड हुने स्थानहरूमा सावधानी अपनाउन आग्रह गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

सीमानाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड सङ्क्रमण भएर लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टीनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech