कोभिड संक्रमित बढ्न थाले, शनिबार ३३७ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

काठमाडौं: देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ५३२ नमुना परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । शनिबार कोरोना संक्रमण मुक्त भएर १५१ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म २ लाख ७३ हजार ८८६ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा १ जनाको मृत्युको रिर्पोट भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८०० जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech