नेपाल नेफ्रोलोजी सोसाइटीको अध्यक्षमा डा.प्रमोद कुमार क्षेत्री

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

काठमाडौं :डा प्रमोद कुमार क्षेत्रीको अध्यक्षतामा नेपाल नेफ्रोलोजी सोसाइटीको नयाँ कार्यसमिति चयन भएको छ।शुक्रबार सम्पन्न साधारण सभाबाट सर्वसम्मत रुपमा सोसाइटीको नयाँ कार्यसमिति चयन भएको हो ।

सोसाइटीको उपाध्यक्षमा डा दिव्या सिंह शाह, महासचिवमा डा रजनी हाडा, सहसचिवमा डा धिरज नारायण मानन्धर र कोषाध्यक्षमा डा महेश राज सिग्देल चयन हुनुभएको निर्वाचन समिति संयोजक डा ऋषिकुमार काफ्लेले जानकारी दिनुभयो ।

यस्तै कार्यकारी सदस्यहरुमा डा राजेन्द्र कुमार अग्रवाल, डा अरुण शर्मा, डा लक्ष्मण अधिकारी, डा कल्पना श्रेष्ठ, डा प्रकाश पौडेल, डा शैलेन्द्र श्रेष्ठ, डा मुकुन्द प्रसाद काफ्ले र डा अभिषेक मास्के चयन हुनुभएको छ ।

 

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech