खाना खाने वित्तिकै पानी पिउँदा हानी नै हानी

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

स्वस्थ रहनका लागि थुप्रै कुरामा ध्यान दिनुपर्ने हुन्छ। खाना खाने वित्तिकै पानीको सेवन गर्दा स्वास्थ्यमा हानी पुग्छ।

स्वस्थ र फिट रहनका लागि खाना खाने वित्तिकै पानीको सेवन गर्नु हुँदैन। केही मानिसको खाना खाने वित्तिकै पानी सेवन गर्ने बानी हुन्छ। यस्तो बानी भए बन्द गर्नु नै बुद्धिमानी हुन्छ।

खाना खाने वित्तिकै पानीको सेवन गर्दा पाचनप्रणालीले राम्रोसँग काम गर्दैन। पाचनप्रणालीले काम नगर्नु थुप्रै खाले स्वास्थ्य समस्या खेप्नुपर्ने हुन्छ।

खाना खाने वित्तिकै पानीको सेवन गर्दा शरीरको तापक्रम फेरिन सक्छ। शरीको तापक्रम फेरिँदा खाना पचाउनका लागि आवश्यक पर्ने तापक्रम प्रभावित हुन्छ। र, पाचनप्रणालीमा समस्या हुन्छ।

खाना खाने वित्तिकै पानी प्युदा ब्लड सुगरको लेवल बढ्नसक्छ। खाना खाने वित्तिकै पानी पिउँदा डायबिटीजको समस्या पनि हुनसक्छ।

यस्तै यसले ग्यास र एसिडिटीको समस्यालाई पनि बढाउँछ। त्यसैले खाना खाएको ३० मिनेटपछि मात्रै पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech