कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै, बिहीबार ३३२ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २६ चैत्र २०७७, बिहीबार

काठमाडौ: देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६ नमुना परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ । बिहीबार कोरोना संक्रमण मुक्त भएर ७९ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म २ लाख ७३ हजार ६०८ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३ हजार ३८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ४५४ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

 

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech