घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७७, बुधबार

 

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केहि दिनदेखि कोरोना संक्रमण बढ्दै गएको भन्दै संक्रमण फैलन नदिन १० बुँदे निर्णय गरेको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय र गतिविधिमा समेत कडाई गर्ने निर्णय भएको छ ।

त्यस्तै त्यसैगरी, बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन भनेको छ ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको सूचना

  • २५ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech