भेरी अस्पतालमा कोभिड संक्रमित थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७७, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा दाङ शान्तिनगर-६ का ५५ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्लाका कोभिड फोकलपर्सन तेज वलीका अनुसार यही चैत्र २३ गते पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भएपछि उहाँलाई त्यसैदिन भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा बुधबार दिउँसो १२ बजे उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। योसँगै बाँकेमा उपचारका क्रममा हालसम्म बाहिर जिल्लाका ८९ जनाको मृत्यु भएको छ।

  • २५ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech