काठमाडौं: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना संक्रमण पत्ता लगाउन जिन एक्सपर्ट विधिबाट परीक्षण सेवा सूरू गरेको छ। प्रयोगशालामा उक्त सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण हुने छ।
एक सूचना जारी गर्दै प्रयोगशालाले यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने जनाएको छ । सो सेवाको लागि तुरुन्तै उपचार गर्नुपर्ने अवस्थामा भने चिकित्सक अथवा अस्पतालको सिफारिस अनिवार्य चाहिने छ।
हेर्नुहोस् प्रयोगशालाले जारी गरेको सूचना