पीसीआर परीक्षणमा २९८ जना र एन्टीजेन टेष्टमा ४१ जनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७७, बुधबार

काठमाडौं: देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार १०० नमुना परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ । बुधबार कोरोना संक्रमण मुक्त भएर ७४ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म २ लाख ७३ हजार ५२९ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार २०१ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

  • २५ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech