वायु प्रदूषण बढ्दो, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन विज्ञहरुको सुझाव

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७७, मंगलवार

काठमाडौं: वायु प्रदूषण बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्न थालेका छन् । श्वासप्रश्वासमा समस्या हुने, आँखा पोल्ने , चिलाउने लगायतका समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले यस्तो समस्या देखिएको भन्दै विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

वातावरण प्रदूषित रहेकाले स्वास्थ्यमा विभिन्न समस्या देखापर्न सक्ने भन्दैअत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन नेत्ररोग विशेषज्ञ डा.प्रचण्ड गौतम आग्रह गर्नुहुन्छ । घरबाट निस्कनै परे चस्माको अनिवार्य प्रयोग गर्न डा.गौतम सुझाउनुहुन्छ ।

प्रदूषण एकदमै बडेको भन्दै स्वास्थ्य सावधानी अपनाउन फिजिसियन डा.सुभाष योगी सबैमा आग्रह गर्नुहुन्छ । घरबाहिर निस्कनै परे अनिवार्य मास्क, आँखालाई जोगाउन चस्माको प्रयोग गर्न उहाँ आग्रह गर्नुहुन्छ ।

काठमाडौं, नेपालगञ्ज, पोखरा लगायतका सहरहरुको एक्यूआई एकदमै हानिकारक अवस्थामा रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अतिहानिकारक मानिन्छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ ।

डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।

 

 

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech