काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क अनिवार्य राखिने, शंकास्पदमा एन्टीजेन परीक्षण हुने

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०७७, सोमबार

काठमाडौं: कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क अनिवार्य राखिने भएको भएको छ।

शंकास्पदमा एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्क को व्यवस्था गर्न लागिएको हो । जिल्ला कोभिड-१९ संकट व्‍यवस्थापन समितिको बैठकले नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच र एन्टीजेन टेष्ट गर्न डेक्सको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो।

एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेका उक्त व्यक्तिलाई पिसिआर परीक्षणका लागि पठाइने निर्णय समेत भएको छ ।

यसैबिच स्वास्थ्यका मापदण्ड पालना नगरे दण्ड जरिबाना गरिने र सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्‍चालन गर्न समितिले आग्रह समेत गरेको छ।

  • २३ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech