एकैदिन २ सय बढी कोभिड संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०७७, सोमबार

काठमाडौं: देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ५३६ नमुना परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ । सोमबार कोरोना संक्रमण मुक्त भएर १०२ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म २ लाख ७३ हजार ३४२ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८३२ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहनुभएको छ ।


Nabintech