चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

काठमाडौं : सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ ।

चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलगायत पर्छन् ।

चिनियाँ कम्पनीले उत्पादन गरेको खोप ‘भेरोसेल’ नेपालमा प्रयोगका लागि औषधि व्यवस्था विभागले ४ फागुनमै आपतकालीन अनुमति दिइसकेको छ ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech