बर्दिया अस्पतालमा भेरीले स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालले वैशाख महिना देखि बर्दिया अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने भएको छ । हप्ताको शुक्रबार स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताउनुभयो ।

स्वास्थ्य सेवाको पहुँच कम भएका स्थानमा गुणस्तरीय स्वास्थ्य सेवा कायम गर्नका लागि नेपाल सरकारले स्याटेलाइट क्लिनिक सम्बन्धित निर्देशिका नै जारी गरेको छ । केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थामा उपलब्ध जनशक्तिमार्फत स्याटेलाइट क्लिनिक सञ्चालन गरेर सर्वसाधरणलाई आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ स्योटलाइट क्लिनिक सुरु गरिएको डा थापाले बताउनुभयो ।

स्याटेलाइट क्लिनिकका लागि अव भेरीका चिकित्सकहरु शुक्रबार बर्दिया अस्पतालमा पुगेर त्यसक्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्ने छन् । भेरी अस्पतालका मेसु डा प्रकाश थापा र बर्दिया जिल्ला अस्पतालका मेसु सुभाष पाण्डेबीच आज स्याटेलाइट क्लिनिक सञ्चालनको सम्झौता भएको छ ।

प्रत्येक शुक्रबार बर्दिया अस्पतालमा विषेशज्ञ सेवा सम्बन्धी ओपिडी सेवा दिइने छ ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech