पछिल्लो २४ घण्टामा १७६ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८५ हजार २ सय ८८ पुगेको छ।

गत २४ घण्टामा १ सय १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech