नेपालगन्ज स्थित जमुनहा नाकामा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

नेपालगन्ज: नेपालगन्ज स्थित जमुनहा नाकामा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा २ बर्दियाका ४० वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भारतबाट आउनुभएका उहाँमा संक्रमण पुष्टि भएको र भेरी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भैरहेको वलीले बताउनुभयो । भारतमा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि त्यसको जोखिम नेपालमा समेत पर्नसक्ने भन्दै भारतबाट आउनेहरुको नाकामा जाँच भैरहेको छ।

हालसम्म जमुनहा नाकामा भारतबाट नेपाल आउनुभएका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech