सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण, छोरीले दिइन् बाबुलाई कलेजो

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

काठमाडौं : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ।भक्तपुरका ४४ वर्षीय पुरुषमा शनिबार कलेजो प्रत्यारोपण गरिएको हो।

४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका प्रशासन प्रमुख हरि पोखरेलले जानकारी दिनुभयो । प्रत्यारोपणमा डा छेतेन योञ्जन, डा अनिसा तिवारी, डा ललित दास, एनेस्थेसियामा डा आरती राई, डा शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता लगायतको टोली स‍ंलग्न रहेको पोखरेलले बताउनुभयो ।

प्रत्यारोपण गर्ने टोलीलाई भारतको म्याक्स अस्पतालका विज्ञ टोलीले ब्याक सपोर्ट गरेको केन्द्रका निर्देशक डा प्रेमराज ज्ञवालीले बताउनुभयो ।प्राविधिक सहयोगका लागि भारतबाट डा.शलिन अग्रवालको नेतृत्वमा ५ जनाको टिम आउनुभएको थियो ।

योसँगै नेपालका तीन वटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ।

केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech