फ्रान्समा तेस्रोपटक लकडाउन,७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

तस्बिर:बिबिसी

काठमाडौं: फ्रान्समा तेस्रोपटक लकडाउन भएको छ । कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढ्न थालेपछि संक्रमण नियन्त्रणको प्रयास स्वरुप फ्रान्समा तेस्रोपटक लकडाउन भएको हो ।

फ्रान्सले कोरोना भाइरस महामारीको तेस्रो लहरको सामना गरिरहेको छ। पछिल्लो समय फ्रान्समा कोभिड संक्रमण तथा गम्भीर बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ।

लकडाउनमा चार हप्ता सबै विद्यालय तथा अत्यावश्यक बाहेकका पसल बन्द हुने छन् । यस्तै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने बताइएको छ ।

फ्रान्समा अहिले झण्डै पाँच हजार मानिस आइसियुमा छन् । शुक्रबार एकै दिन ४६ हजार ६७७ जनामा संक्रमण पुष्टि भयो भने ३०४ जनाको ज्यान गयो ।

लकडाउन अन्तर्गत शनिबारदेखि मंगलबारसम्म १० किलोमिटर भन्दा परको यात्राका लागि मानिसहरुले उपयुक्त कारण प्रस्तुत गर्नु पर्ने छ ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech