वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु डा भोला रिजाल र डा यमुना सुवाल सम्मानित

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७७, शनिबार
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु डा भोला रिजाल र डा यमुना सुवाल सम्मानित

काठमाडौं: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु डा भोला रिजाल र डा यमुना सुवाल सम्मानित हुनुभएको छ । स्त्री रोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग) ले वार्षिक साधारण सभाको अवसरमा उहाँहरुलाई सम्मान गरेको हो ।

नेसोगले डा रिजाल र डा सुवाललाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो। यसैबिच आगामी कार्यकालका लागि डा गणेश दंगालले नेसोगको जिम्मेवारी लिनुभएको छ ।

वर्तमान अध्यक्ष डा हिरा तुलाधरले आगामी कार्यकालका लागि डा दंगाललाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । यस्तै नेसोगले कोभिड महामारीमा मातृ तथा शिशु स्वास्थ्य कायम राख्ने चुनौती विषयमा दुई दिने भर्चुअल अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न समेत गरेको छ।

सम्मेलनमा ८० वटा वैज्ञानिक सोधपत्र र १२ वटा पोस्टरहरु प्रस्तुत गरिएको थियो।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech