नेपालमा यसरी बढ्दै छ कोरोनाको जोखिम, बेलैमा सचेत नभए स्थिति भयावह हुन सक्छ

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७७, शनिबार

नेपालगन्जः पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा २४ को नतिजा पोजेटिभ आएको छ।

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारी अनुसार त्रिनगर सीमबाट नेपाल भित्रिएका ८९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको हो।

यसैगरी, गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ। कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ। नेपालगन्जको जमुनाह नाकाबाट भित्रिने चारजनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको संख्या एक हजारको हाराहारीमा रहँदै आएको छ। भारतमा कोरोना संक्रमण बढेपछि मजदूरीका लागि गएकाहरु स्वदेश फर्कन थालेका हुन् ।

भारतमा भाइरस संक्रमण नियन्त्रण बाहिर गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९१ हजारबढीमा भाइरस पुष्टि भएको छ । कम्तिमा साढे सात सय व्यक्तिको मृत्यु भइसकेको छ ।

यस्तो जोखिम क्षेत्रबाट फर्खिरहेका नेपालीहरुलाई नाकामा स्वास्थ्य चेकजाँच विना नै भित्रिन दिन थालिएपछि त्यसको असर गम्भीर पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech