पछिल्लो २४ घण्टामा १७९ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७७, शुक्रबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ४७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ७९ हजार १ सय ५ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ६१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech