सबै अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरिने

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०७७, बिहीबार

विराटनगरः प्रदेश १ की नवनियुक्त सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश मातहतका सबै अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने बताउनुभएको छ ।

मन्त्री राईले सार्वजनिक गरेको प्रथामिकतामा प्रदेश सरकारले झापाको मेची अस्पताललाई २ सय शैय्याको अस्पतालमा स्तरोन्नती गरी प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उल्लेख छ ।

मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि बुधबार पत्रकार सम्मेलनमा मन्त्री राईले मन्त्रालयका सबै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभयो ।

धनकुटा अस्पताललाई १ सय शैय्याको अस्पतालको रूपमा स्तरोन्नती गर्ने मन्त्रालयको योजना रहेको छ । यस्तै, विराटनगरमा रहेको कोशी कोभिड—१९ उपचार केन्द्रलाई पुनः संचानमा ल्याउने मन्त्री राईले जानकारी दिनुभयो ।

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech