झापामा पुनः देखिन थाले कोरोना संक्रमित, हाटबजार बन्द

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०७७, बिहीबार

झापाः दोस्रो चरणमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसबाट जोगिनका लागि बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ।

बिर्तामोड नगरपालिकाले बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको हो। नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ।

२५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम, बैठक, सेमिनार, गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिनुभयो ।

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech