सर्वोच्चको अन्तरिम आदेशपछि चिकित्सा शिक्षा आयोगद्वारा १५ जना विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

काठमाडौं: सर्वोच्चमा रिट निवदेन दिएका चिकित्सा शिक्षाको स्नातकोत्तर तहका एमडी, एमएस तथा एमडीएसका विद्यार्थीहरुको चिकित्सा शिक्षा आयोगले नयाँ योग्यताक्रम प्रकाशित गरेको छ।

बुधवार एक सूचना जारी गर्दै चिकित्सा शिक्षा आयोगले १५ जना विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित गरेको हो। आयोगले ती विद्यार्थीहरुको राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम १६ र अनुसूची ५ अनुसार अनुभव र दुर्गम क्षेत्रमा सेवा गरे वापत मात्रको अंक प्रदान गरि नयाँ योग्यताक्रम निकालेको हो ।

यस्तै आयोगले १५ जना विद्यार्थीहरुको पुन म्याचिङ गर्नका लागि चैत १९ देखि २१ गतेसम्मममा प्राथमिकता निर्धारण गर्न भनेको छ । सो समयभित्रमा प्राथमिकता निर्धारण नगर्ने उम्मेदवारहरुलाई म्याचिङमा स्वातस् समावेश नगरिने आयोगले जनाएको छ ।
बुधबार आयोगले जारी गरेको सूचना

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech