प्युठान अस्पतालमा थाइराइड परीक्षण सेवा विस्तार

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

प्युठानः प्युठान अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ। बिरामीको सेवालाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्दै लगेको हो।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले थाइराइड परीक्षण मेसिनको औपचारिक उद्घाटन गर्नुभएको छ । थाइराइड परीक्षण सेवाको उद्घाटनपछि आचार्यले ‘बिरामीले सहज रुपमा सेवा पाउने बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालका अनुसार लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा थाइराइड परीक्षण मेसिन ल्याइएको हो। करिब २० लाखको लागतमा उक्त मेसिन ल्याइएको उहाँले जानकारी दिनुभयो ।

पचास शय्याको अस्पताल भएता पनि स्रोत र साधनको अभावमा सामान्य बिरामीहरु उपचारको लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई विस्तारै कम गर्न सकिने डाक्टरहरुको भनाइ छ। यसै आर्थिक बर्षमा स्वास्थ्य मन्त्रालयले अस्पताललाई भेन्टिलेटर मेसिन पनि उपलब्ध गराएको छ। सेवाहरु विस्तार हुँदै गएकोमा खुसि व्यक्त गर्दै स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले स्रोत र साधन थपिएसंगै गुणस्तरिय सेवा लिन सकिनेमा आशावादी रहेको बताउनुभयो ।

विसं २०४५ सालमा स्थापना भएको जिल्ला अस्पतालले पछिल्लो समय आफ्ना सेवा सुविधाहरु बढाउँदै लगेको छ। अस्पतालमा अहिले फिजियोथेरापी, दन्त सेवा पनि सुचारु भएको छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech