सरकारी सेवामा आवद्द नर्सहरुको साझा संघ गठन

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

काठमाडौंः सरकारी सेवामा आवद्द नर्सहरुको साझा संघ गठन भएको छ। सरकारी सेवामा कार्यरत नर्सहरुले आज जिल्ला प्रशासन कार्यालयमा ‘सरकारी नर्सिङ संघ’ दर्ता गराएका छन्।

संघमा नर्स कल्पना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति बनाइएको छ। संघकी तर्दथ समितिका उपाध्यक्ष रमिला चौलागाईंले सरकारी सेवामा कार्यरत नर्सको हकहितको आवाज उठाउन संघ गठन गरिएको बताउनुभयो ।

उहाँले संस्थामा हालसम्मसंघमा हाल अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष चौलागाईं, महासचिव राजकुमारी ज्ञवाली, सचिव मित्रा देवकोटा, कोषाध्यक्ष प्रमिला थकाली र अन्य १२ जना सदस्य रहेको तर्दथ समिति छ। ७ सय नर्स आवद्ध भईसकेको जानकारी दिनुभयो । देशभरका सरकारी नर्सहरुलाई आवद्ध गर्न पहल गर्ने, नर्सका समायोजन, सरुवा, बढुवा, सेवासुविधा जस्ता धेरै समस्याहरु छन्। ती समस्याका लागि काम गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

 

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech