भेरी अस्पतालले पायो मातृ शिशु मैत्री अस्पतालको मान्यता

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले भेरीलाई मातृ शिशु मैत्री अस्पतालको मान्यता दिएको हो ।

हिंजो र आज दुई दिन भेरी अस्पतालका प्रधिनिधिबीच भएको अभिमुखिकरण कार्यक्रमपछि अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पाएको अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो ।

अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पाएसँगै २० बुँदे प्रतिबद्धतामा विभागका निर्देशक डा तारानाथ पोखे्रल र अस्पतालका मेसु डा थापाले हस्ताक्षर गर्नुभएको छ ।

सरकारले नेपालमा मातृ शिशु पोषण स्थितिमा सुधार ल्याउने महत्वपूर्ण कदमका रुपमा मातृ शिशु मैत्री अस्पताल अभियान सुरु गरेको हो । यस अभियानलाई पाँच बर्षभित्र सबै अस्पतालमा पुर्याउने लक्ष्य छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech