बाँके फेरि कोरोनाको हटस्पट बन्दै, २ बर्षका बालकसहित १३ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्जः बाँके फेरि कोरोनाको हटस्पट बन्न थालेको छ । एकैदिन १३ जनामा संक्रमण पुष्टि भएसँगै हटस्पटको जोखिम बढेको हो । भाइरस संक्रमण शुन्यजस्तै बनेको बाँकेमा फेरि संक्रमण बढेपछि सजगता र सतर्कताको खाँचो देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परिक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यसमा २ बर्षका बालकसहित बाँकेका १३ जना छन् । यस्तै बर्दिया, जाजरकोट, ललितपुर, जाजरकोट र कैलालीका एकएक जना रहेको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ४५ जनाको पीसीआर परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

भेरी अस्पतालमा हालसम्म ४५ हजार ६ सय ४५ नमुना परिक्षण भएका छन् । तीमध्ये ५ हजार ५ सय १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech