यी खानेकुराले हटाउँछ अनुहारको चाउरीपना

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

कतिपय मानिसहरु आफ्नो स्वभाविक उमेर भन्दा अगाडि नै बुढो देखिन्छन् । विशेषगरी लामो समयसम्म घाममा अनुहार देखाउदा, घामबाट बच्ने क्रिम नलगाउदा अनुहारको छाला चाउरी पर्छ । त्यस्तै, असन्तुलित खानपान, दीर्घ रोग आदिका कारण निधारमा काला धर्सा देखिन्छन् ।

चाउरीपना हटाउने केही टिप्सः

मह

अनुहारमा निखार ल्याउन मह महत्वपूर्ण मानिन्छ । एक गिलास मन तातो पानीमा केरा र मह मिसाएको पेस्टलाई घोल्नुहोस र त्यसलाई अनुहारमा दलेर १५ मिनेटपछि चिसो पानीले पखाल्दा अनुहारमा भएका दागी हराउनुका साथै अनुहार सफा, चम्किलो र चाउरी पर्नबाट जोगाउछ । महलले अनुहारको छालाको कोषलाई कसिलो बनाइदिन्छ ।

घ्युकुमारी

गाँउघर सजिलै पाइने र सहरबजारमा गमलामा रोप्न सकिने घ्युकुमारीले छालामा चमक ल्याउछ । यसको पेस्ट निमित अनुहारमा दल्दा यसले अनुहारमा शितलता प्रदान गर्नुका साथै तन्तुलाई मजबुत बनाउछ । यसमा हुने एक प्रकारको एसिडले अनुहारलाई चाउरी पर्नबाट जोगाउछ ।

अदुवा

एक चम्चा अदुवाको धुलो महमा मिसाएर मनतातो पानीमा खादा छाताका तन्तु टुट्नबाट जोगउछ । बहुउपयोगी अदुवाले चिसोबाट जोगाउनुका साथै क्यान्सरबाट समेत बचाउछ ।

बदाम

सुत्नुअघि १०/१२ दाना आलमोन्डलाई मिश्रिपानीमा भिजाउनुहोस । बिहान उठेपछि पानी पिउनुहोस र आल्मोडको पेस्ट अनुहारमा लगाउनुहोस । नियमित यस्तो अभ्यास गरेमा तपाईको छालामा चमकता आउछ ।

मेवा

राम्रोसँग पाकेको मेवालाई पेस्टबनाएर १ चम्चा महमा मिसाएर अनुहारमा दल्नुहोस । नियमित सम्भव नभए पनि सातामा एक पटक यस्तो पेस्ट लगाउदा अनुहार सफ र चम्किलो देखिन्छ ।

कागती

कागतीको रसलाई दहीमा मिलाएर अनुहारमा लेप लगाएर १५ मिनेटपछि पखाल्दा अनुहार सुन्दर देखिन्छ । कागतीको साइट्रिक एसिडले अनुहारको छालाको कोष मजबुत बनाउछ । अनुहारको छाला सुत्ने पोजिसनमा पनि निर्भर हुन्छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech