चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस विकास नभएको पुष्टि गर्न थप अनुसन्धान आवश्यक: डब्लुएचओ

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

काठमाडौंः कोरोना भाइरस चीनको प्रयोगशालामा विकास गरिएको भन्ने थ्यौरी पूर्णरुपमा खारेज गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

डब्लुएचओका महानिर्देशक डा टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिलेसम्मको अनुसन्धान र प्रमाणहरुबाट कोरोना भाइरस प्रयोगशालाबाट चुहावको सम्भावना निकै कम रहेको बताउनुभयो ।

डा टेडरोजले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको थ्यौरी पूर्ण रुपमा अस्वीकार गर्नका लागि थप बिस्तारित अनुसन्धानको खाँचो रहेको बताउनुभयो ।

सन् २०१९ को अन्तिममा कोरोना भाइरस पहिलो पटक चीनको हुवेइ प्रान्तको वुहानमा भेटिएको थियो। त्यसयता सो भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech