भारतमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमणप्रति विज्ञहरुको चिन्ता

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७७, बुधबार

काठमाडौंः भारतको कोरोना खोप वितरणका लागि विशेषज्ञ समूहले कोरोना सङ्क्रमण खतरापूर्ण अवस्थातिर उन्मुख भएको भन्दै चेतावनी दिएको छ ।

कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष एवं नीति आयोगका सदस्य विनोदकुमार पाललले केही हप्तादेखि देशको अवस्था बिग्रँदै गइरहेको र केही राज्यमा अवस्था गम्भीर बनिसकेको बताउनुभयो ।

कोरोना भाइरस झन सक्रिय बन्दै गइरहेकोले यसले ठूलो जोखिम निम्त्याउने खतरा बढीरहेको भन्दै उहाँले पछिल्लो अवस्थाले आफूहरु थप चिन्तित बनिरहेको बताउनुभयो । उहाँले कोरोना खोप लगाएको भए पनि मास्क लगाउन, भौतिक दुरी कायम गर्नेलगायत स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै जम्मा सङ्क्रमितको संख्या १ करोड २१ लाख ४८ हजार पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ५ सय २ पुगेको छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech