स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा बराल नियुक्त

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०७७, मंगलवार

 

काठमाडौंः प्रा. डा गेहनाथ बराल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा नियुक्त हुनुभएको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा बराललाई चार वर्षका लागि परिषद्को अध्यक्षमा नियुक्त गरेको हो । उहाँ ११ औं तहका चिकित्सक हुनुहुन्छ ।

यसअघि उहाँको दरबन्दी कोशी अस्पतालमा थियो । तर, उहाँ अहिले बेतलबी बिदामा बसेको बताइएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिस बिहीबारका क्याबिनेटको बैठकले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य अनुसन्धान परिषद्को रिक्त रहेको उपाध्यक्षमा पदमा डा गौरव ढकाल नियुक्त हुनुभएको छ । यसैगरी मन्त्रिपरिषदले डा बन्दना खनाल, डा अवधेश तिवारी, डा सन्तोष शाक्य र डा रामआधार यादवलाई सदस्य नियुक्त गरेको छ।

एक महिनाअघि निवर्तमान अध्यक्ष डा अन्जनीकुमार झाको चार वर्षे कार्यकाल सकिएसँगै परिषद्को अध्यक्ष पद खालि रहेको थियो ।

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech