कोरोना अपडेटः २४ घण्टामा १६७ थपिए, ११५ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०७७, मंगलवार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६७ हजार ४ सय ८ पुगेको छ।

गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ३० छ। हाल ५३ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ जना पुगेको मन्त्रालयले जनाएको छ।

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech