प्रदूषण तत्काल हट्ने सम्भावना छैन

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०७७, मंगलवार

काठामाडौंः वायु प्रदूषण तत्काल हट्ने र मौसम सफा हुने सम्भावना तत्काललाई नरहेकाले सावधानी अपनाउनु पर्ने मौसम तथा वातावरणविदले बताएका छन् ।

वायुको गतिविधि विगतका दिनमा भन्दा मंगलबार केही बढेको भए पनि वायुमा रहेको प्रदूषण बढार्ने सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन् ।

मौसमविद गंगा नगरकोटीका अनुसार मंगलबार विगतका दिनमा भन्दा भिलिविलिट अलि बढ्ने सम्भावना छ, तर प्रदूषण पूर्ण रुपमा भने हट्ने छैन ।

मौसमविद नगरकोटीले भन्नुभयो, ‘आज बिहान हिजोको भन्दा भिजिबिलिटी बढेको छ । हिजो एक हजार मिटर मात्रै थियो, अहिले बिहानको भिजिबिलिटी १५ सय मिटर देखिएको छ । दिउँसो थप केही बढ्ने सम्भावना छ किनकी वायुको गतिविधि बिस्तारै सक्रिय हुँदै जाने देखिन्छ ।’

वायु मण्डल सुस्त गतिमा केही सफा हुने जस्तो भए पनि हाल कायम रहेको धुलोको तुँवालो तथा धुँवासहितको प्रदूषण पूर्णरुपमा हट्ने गरि मौसमी प्रणाली विकास भएको छैन ।

‘कायम प्रदूषण हट्नका लागि देशभर नै ठूलो मौसमी प्रणाली विकास भएर पानी पर्नु वा तीव्र गतिमा हावा चल्नु पर्ने हुन्छ’ मौसमविद नगरकोटीले भन्नुभयो, ‘तत्काल ठूलो पानी पर्ने वा अति सक्रिय रुपमा वायु चल्ने मौसमी गतिविधि देखिँदैन ।’

सौराहामा प्रदूषण खतरनाक अवस्थामा

चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । वायुको गुणस्तरको सूचकाङ्क एक्यूआईका अनुसार सौराहामा एक्यूआई ३ सयभन्दा बढी छ ।

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech