भारतमा एकैदिन थपिए ६८ हजार कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७७, सोमबार

नयाँ दिल्लीः भारतमा कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६८ हजार २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतमा पछिल्लो तीन दिनमा दैनिक ६० हजारभन्दा बढी कोरोना संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत २४ घण्टामा मात्रै २९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या पनि लगातार बढिरहेको छ। हाल भारतभर सक्रिय संक्रमितको संख्या ५ लाखभन्दा बढी छ।

विशेषगरी महाराष्ट्र राज्यमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने बताइएको छ। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech